Health Benefits of Spirulina (नेपालीमा)

स्पिरुलिना एक प्रकारको cyanobacteria हो, र यसलाई blue-green algae पनि भनिन्छ | बनस्पतिहरु जस्तै cyanobacteria ले प्रकाश सश्लेषण प्रक्रिया द्वारा उर्जा उत्पादन गर्दछ | बिशेष प्रकारका  पोषणतत्वहरुका कारण स्पिरुलिना आजको समयमा सबै भन्दा बढी माग भएको Superfood मा पर्दछ |

  • यो स्वस्थ, शक्तिबर्द्धक र स्वादिष्ट  BIOLEY’s Instant Premix Spirulina Cereal , chia seeds, oatmilk, ginkgo, yam जस्ता २४ प्रकारका बनस्पतिहरुको समिश्रणबाट   तयार गरिएको, यो  पोषणयुक्त पेय , फाइबर, antioxidants, अत्याबश्यक प्रोटिन, भिटामिन, मिनरल र अन्य अनेक आवश्यक पोषणले भरिपुर्ण छ | 
  • यो पोषणयुक्त पेय कोलेस्टेरोल रहित छ ,र अनेक पोषण तत्वहरुको कारण यो उच्च रक्तचाप, उच्च कोलेस्टेरोल , मधुमेह र अनेक रोगको लागी अत्यन्त लाभदायक छ | यसको निरन्तर सेवनले  शरीरको हरेक अंग र प्रणालीहरुको आवश्यक पोषणहरुको परिपूर्ति भै सम्पूर्ण शरीरलाई स्वस्थ र बलियो बनाउछ, र रोग प्रतिरोधी क्षमतामा  वृद्धि गर्दछ |
  • यो व्यस्त कम्पनी बोसहरु , कर्मचारी, बिद्यार्थी, यात्री , dieter, सुत्केरी , बच्चा, युवा , बृद्ध र जो कोही  जसलाई तुरुन्तै  सजिलो र  शक्तिबर्धक आहारको आवश्यक हुन्छ , उनीहरुको लागी सही रोजाई हो | 
  • तयार गर्न सजिलोको कारण कही कतै पनि यसको मज्जा लिन सकिन्छ |  मात्र तातो तातो पानी अथवा दुध मिलाउनुस र यसको स्वादको मज्जा लिदै पिउनुस |
  • यसको मज्जा कहीँ पनि लिनु सक्नु हुन्छ ; घरमा , स्कुल- कलेजमा, काममा अथवा कहीँ पनि  !

स्पिरुलिनाका स्वस्थबर्धक फाइदाहरु

सर्बश्रेष्ठ पोषकतत्वहरुको भण्डार

स्पिरुलिनामा प्रोटिन, भिटामिन , mineral र antioxidant हरुको ठुलो शृंखला नै पाइन्छ | एक चम्चा (७ ग्राम ) spirulina  मा तल   दिइएका तत्वहरुको मात्रा यसप्रकार छन् :

  • Protein     4.02 grams
  • Carbohydrates – 1.7 grams
  • Fats – 0.54 grams
  • Fiber – 0.3 grams
  • Calcium – 8 mg
  • Iron – 2 mg (11% of the RDA)
  • Magnesium – 14 mg
  • Phosphorus – 8 mg
  • Potassium – 95 mg
  • Sodium  – 73 mg
  • Vitamin C – 0.7 mg
  • Including B1(11% of the RDA), B2(15%), B3(4%) ,Pyridoxin, folate etc.

प्रोटिनको श्रेष्ठ भण्डार

स्पिरुलिना, यसमा अधिक मात्रामा पाइने प्रोटिनको भण्डारको कारण चिनिन्छ | यसमा ६० देखि  ६५ % प्रोटिन हुन्छ , जुन धेरै जस्तो सागसब्जीमा पाइने भन्दा धेरै बढी हो | मात्र १ चियाचम्चा (७ ग्राम  ) स्पिरुलिनाले ४ ग्राम प्रोटिन उपलब्ध गराउछ | यसमा सबै अत्याबश्यक अमिनो एसिड पाइन्छ |

लवणहरुको भण्डार

स्पिरुलिनाको निरन्तर उपभोगले हाम्रो शरीरमा धेरै प्रकारका पोषणतत्वहरुको उपलब्धतालाई सुनिश्चित गर्दछ | पोटासियम , सोडियम र भिटामिन A स्पिरुलिनामा सबैभन्दा बढी पाइने micro-nutrients हुन् | पोटासियम र सोडियमले हाम्रो शरीरमा fluid balance , मासपेशीको contraction र nerve impulse लाई  नियन्त्रण र संचालन गर्दछ | भिटामिन A ले हाड, दांत र अन्य महत्वपूर्ण अंगहरुलाई स्वस्थ राख्दछ र नेत्र शक्ति र रोग प्रतिरोध क्षमतालाई वृद्धि गर्दछ | यसमा पाइने अन्य महत्वपूर्ण पोषण तत्वहरुमा क्याल्सियम र म्याग्नेसियम पर्दछ , जसले हाडलाई बलियो राख्दछ | उच्च रक्तचाप , उच्च कोलेस्टेरोल , मधुमेह र  भाइरल hepatitis जस्ता रोगब्याधी को रोकथाम र उपचारको लागी, रोग प्रतिरोध क्षमता को वृद्धि  र यकृत र म्रिगौलाको स्वस्थ कार्यको लागी पनि स्पिरुलिना लाभदायक मानिन्छ  |

कोलेस्टेरोललाई घटाउछ

अध्ययनले देखाए अनुसार स्पिरुलिनाको निरन्तर प्रयोगले total cholesterol र हानिकारक (LDL) cholesterol लाई घटाउछ र लाभदायक (HDL) cholesterol  को वृद्धि गर्दछ | ई . स . २०१३ मा गरिएको अध्ययन  अनुसार   ३ महिना सम्म प्रत्येक दिन १ ग्राम स्पिरुलिनाको सेवनले total cholesterol को मात्रलाई घटाउछ |

उच्च रक्तचापलाई नियन्त्रणमा राख्छ

उच्च रक्तचाप हृदयघात र मस्तिष्कघात जस्ता मुटु धमनी सम्बन्धि रोगको मुख्य कारक मानिन्छ | अध्ययनले देखाए अनुसार प्रत्येक दिन ४.५ ग्राम स्पिरुलिनको सेवनले उच्च रक्तचापलाई घटाउछ ,जुन nitric oxide को अधिक उत्पादनको कारण मानिन्छ | यसले रगतको धमनीलाई फैलिन र सुस्ताउन( relax) मदत गर्दछ , फलस्वरूप मुटुलाई धमनीमा रगतलाई धकेल्न धेरै परिश्रम गर्नु पर्दैन |

स्वस्थ मुटु र धमनीको लागी

२०१० मा खरायोमा गरिएको अध्ययन अनुसार स्पिरुलिनामा धमनीको वरिपरी कोलेस्टेरोलको लेउ जम्मा हुन नदिने क्षमता हुन्छ , जुन उच्च कोलेस्टेरोल भएको  आहारको उपभोग अबधिमा  पनि समान रह्यो |

मधुमेह रोगमा उपयोगी

मधुमेह को दुवै प्रकारमा  रगतमा उच्च चिनीको मात्र हुनु सामान्य समस्या हुन् | २०१८ मा मधुमेह रोगीहरुमा गरिएको अध्ययन अनुसार स्पिरुलिनको निरन्तर सेवनले उनीहरुको रगतमा चिनीको मात्रामा कमि आएको देखियो | २०१७ मा मधुमेह रोग भएको मुसा माथि गरिएको परिक्षणमा स्पिरुलिनको प्रयोगले मुसामा यी परिणाम देखापर्यो |

  • रक्तचापमा ह्रास
  • इन्सुलिनमा वृद्धि
  • कलेजोको enzyme markers मा सुधार

यस्तै प्रकारले ३७ जना मधुमेह रोगीमाथि गरिएको परिक्षणमा ८ ग्राम स्पिरुलिनको निरन्तर प्रयोगले रगतमा चिनीको मात्रामा स्पष्ट कमी देखापर्यो | यसलाई  समर्थन गर्दै Journal of Medicinal Food मा छापिएको अर्को अध्ययन अनुसार २५ जना मधुमेह रोगि व्यक्तिहरुमा २ महिनासम्म प्रत्येक दिन २ ग्राम स्पिरुलिनाको प्रयोगले उनीहरुको रगतमा चिनीको मात्रामा कमि आउनुको साथै उनीहरुको lipid profile मा सुधार ल्याएको देखियो |

स्पिरुलिना शक्तिशाली Detoxifier

स्पिरुलिनाले शरीरमा रहेका बिषालु तत्व र हानिकारक धातुहरुलाई निष्काशन गर्न मदत गर्दछ | यसका कुनै बिशेष प्रोटिन र peptide हरु शरीरमा भएका बिषालु रशायन  र हानिकारक धातुहरु सित जोडिन सक्षम हुन्छ  र यिनीहरुलाई रक्त प्रवाहमा जान रोकी शरीरबाट निष्काशित गर्दछ | यी बिषालु रशायन र arsenic, lead, फोस्फारस जस्ता हानिकारक धातुहरुले शरीरमा प्रवेश गरे पछी , मनिसको मस्तिष्क, मृगौला र LIVER  लाई बिस्तारै क्षती पुर्याउन थाल्छ | Spirulina लाई Arsenic Poisoning को उपचारको लागी पनि उपयोग गरिन्छ |

रोग प्रतिरोधी क्षमतालाई बढाउछ

Spirulina मा phycocyanin नामको antioxidant हुन्छ , जसलाई  क्यान्सर र  अरु शारीरिक समस्याहरुको कारक Free radical हरुलाई नष्ट गरि शरीरलाई रक्षा गर्ने महत्वपुर्ण तत्वको रुपमा लिइन्छ | यसले हाम्रो शरीरलाई अनेक प्रकारको infection बाट बचाउछ , अर्थात् यसले हाम्रो शरीरलाई रोगहरु सित लडने क्षमता प्रदान गर्दछ | यस तत्वको कारण नै spirulina बिशेष प्रकारको हरियो- निलो रंगको देखिन्छ |

Spirulina ले मासपेशीको बल र क्षमतामा वृद्धि गर्दछ 

Spirulina को निरन्तर सेवनले मासपेशीको अक्सिजन शोधन गर्ने क्षमतामा वृद्धि गरि यसको शक्ति र क्षमतामा वृद्धि गर्दछ | अध्ययनबाट प्राप्त जानकारी अनुसार यसको सेवनमा रहेका  खिलाडीहरुमा  धेरै लामो अबधिको शारीरिक परिश्रमको वाबजुद थकाईको अनुभव नभएको देखियो, जसले उनीहरुको खेल प्रदर्शनमा धेरै सुधार ल्यायो | कसरत र परिश्रमको कारण मासपेशीका अनेक कोष र तन्तुहरुको क्षति हुन्छ , जसले हामीलाई थकाईको अनुभूति गराउछ , तर Spirulina ले यस क्षतिलाई कमसेकममा राखी मासपेशिको क्षमता र बललाई लामो समय सम्म कायम राख्दछ  |

Candida को बारम्बारको infection लाई रोक्दछ |

Candida एक प्रकारको हानिकारक  जीवाणु हो, जुन मुख्यतः हाम्रो आन्द्राहरुमा पाइन्छ, र यसलाई त्यहाँ रहेका लाभदायक ब्याक्टेरियाले वृद्धि हुन् र शरीरको अन्य  भागमा फैलिन बाट  रोकीरहेको हुन्छ, अन्यथा यसको infection को कारण अनेक रोग लाग्न सक्छ | Spirulina यी हानिकारक candida yeast सित टासिएर , यिनीहरुलाई आन्द्रा बाट निष्काशित गर्दछ र  candida को संख्या र शक्तिलाई घटाउन मदत गर्छ |

Allergic rhinitis बाट लड्न मद्दत गर्छ

स्पाइरुलिना उपभोगले allergic rhinitis भएका व्यक्तिहरूमा nasal discharge, sneezing, congestion and itching जस्ता लक्षणहरू सुधार गरेको छ।

Metabolism लाई बढाउछ

Metabolism एउटा प्रक्रिया हो जसले हामीले उपभोग गरेको खानालाई शक्तिमा परिबर्तन गर्दछ, र यहि शक्तिबाट हाम्रो शरीरको सम्पूर्ण जैविक प्रक्रियाहरु चल्दछ | यो प्रक्रिया हाम्रो शरीरको हरेक कोषहरु मा घटित हुन्छ |  निरन्तर spirulina को सेवनले  मानिसको metabolism लाई बढाउछ  र बढी metabolic rate ले मानिसको  शक्ति र क्षमता वृद्धि गर्दछ |

रक्तअल्पताको समस्यामा लाभदायक

रगतमा haemoglobin अर्थात् रातो रक्त कर्ण (RBC) को कमिले  रक्तअल्पता को रोग लाग्दछ , र यसको कारण लामो अबधि सम्म कमजोरी र थकाईको अनुभव हुने गर्दछ | निरन्तन Spirulina को उपभोग ले रगतमा RBC Count वृद्धि भई रक्त अल्पताको समस्याको निवारण गर्दछ  |

क्यान्सर रोगमा लाभदायक

भारतमा गरिएको  अध्ययन अनुसार  spirulina मुखको क्यान्सर रोगमा (oral cancer) लाभदायक रहेको देखिन्छ |  मुखमा क्यान्सर पुर्ब देखिने oral submucous fibrosis [OSMF] भएका ८७ जना व्यक्तिहरुमा गरिएको अध्ययनमा १ बर्षसम्म १ ग्राम spiulina को सेवनले तिनीहरुमध्ये ४५ प्रतिशतमा यो  लक्षण गायब भएको पाइयो |

Spirulina मानसिक स्वास्थ्यमा लाभदायक 

Spirulina मा  tryptophan नामको amino acid अधिक मात्रामा पाइन्छ | मानसिक स्वास्थ्यसित गहिरो  सम्बन्ध रहेको serotonin नामको तत्वको उत्पादन Tryptophan बाट हुन्छ | serotonin, एक प्रकारको neurotransmitter  हो , जसले हाम्रो निन्द्रा र mood लाई नियन्त्रण गर्दछ र राम्रो निन्द्राको लागी यसको भूमिका महत्वपुर्ण मानिन्छ  | Depression  र बढी चिन्ताको समस्या रहेको व्यक्तिहरुमा serotonin को मात्रा कम रहेको हुन्छ | Spirulina को नियमित सेवनले शरीरमा serotonin को आवश्यक मात्रा पुगिरहन्छ र  फलस्वरूप यसले हाम्रो मानसिक स्वास्थ्यलाई  वृद्धि गर्दछ |