Health Benefits of Chlorella (नेपालीमा)

क्लोरेला अत्याबश्यक पोषणतत्वहरुको भण्डार हो , त्यसैले यसलाई superfood पनि मानिन्छ | यसमा पाइने अनेक पोषणतत्वको कारण, यस जातिको algae प्रति मानिसहरुको उत्सुकता बढिरहेको छ | मानबिय शरीरबाट बिषालु तत्वहरु र हानिकारक धातुलाई निस्काशित गर्न सक्ने र कोलेस्टेरोललाई घटाउन सक्ने यसको क्षमताको कारण यसले स्वास्थ्य सम्बन्धि अभियन्ता र जागरुक व्यक्ति र व्यक्तित्वहरुको ध्यानलाई आकर्षित गर्न सफल भएको छ |

क्लोरेला यी स्वास्थ्य लाभहरुका लागी चिनिन्छ |

क्लोरेला पोषणतत्वहरुको भण्डार

प्रोटिन: यसमा सबै ९ प्रकारको अत्याबश्यक एमिनो एसिड पाइन्छ, अर्थात् यसलाई प्रोटिनको पूर्ण स्रोतको रुपमा  चिनिन्छ | यो ५० – ६० % प्रोटिनबाट बनेको हुन्छ |
Omega-3 fatty acid: ३ ग्राम क्लोरेलामा १०० मिलिग्राम ओमेगा ३ – पाइन्छ |
Antioxidants: यसलाई   धेरै प्रकारका antioxidant हरुको भण्डार  मानिन्छ |
भिटामिन: यसमा भिटामिन बी को पुरा शृंखला नै पाइन्छ | यसमा B1, B2, B3, B5, B6, B7, B9, B12 को साथै भिटामिन C पनि प्रचुर मात्रामा पाइन्छ |
मिनेरल्स: यसमा फोस्फरस , पोटासियम , मग्नेसियम ,मग्निज़ , क्याल्सियम , फलाम , आयोडिन र तामा पाइन्छ |

स्वस्थ यकृत र शक्तिशाली रोग प्रतिरोधी क्षमता

हाम्रो  शरीरको रोग प्रतिरोधी क्षमतामा यकृतले  महत्वपूर्ण भूमिका खेल्दछ | ८ हप्तासम्म Fatty liver भएका व्यक्तिहरुमा गरिएको परिक्षणमा क्लोरेलाको उपभोगले यकृतको स्वास्थ्य र कार्यमा सुधार देखियो | मुसामा alcohol र toxin जनित यकृत क्षति बाट क्लोरेलाले रक्षा गरेको पाइयो | ७० जना fatty liver भएका व्यक्तिहरुमा गरिएको परिक्षणमा क्लोरेलाको प्रयोगले उनीहरुको तौलमा र रगतमा चिनीको मात्रामा कमी देखा पर्यो | १२ हप्तासम्म क्लोरेला (Chlorella pyronoidosa)को प्रयोगले १८ जना hepatitis C को रोगीहरूमा alanine transaminase (ALT) मा कमी देखियो , जुन यकृत Inflammation को कमीको संकेत मानिन्छ | अर्थात् chlorella को निरन्तर सेवनले हाम्रो liver को स्वास्थ्य र क्षमतामा वृद्धि भई हाम्रो रोग सिट लडने क्षमतामा अप्रत्याशित वृद्धि हुन्छ |

अर्को अध्ययन अनुसार ५१ जना स्वस्थ व्यक्तिहरुमा गरिएको परिक्षणमा ८ महिनासम्म क्लोरेलाको सेवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि भएको पाइयो |  बढी  परिश्रमयुक्त शारीरिक ब्यायामले सामान्यतः रोग प्रतिरोधी क्षमता घटाउछ , तर ५ महिनासम्मको क्लोरेलाको प्रयोगले उनीहरुमा रोग प्रतिरोधी क्षमताको ह्रास हुन नदिएको देखियो | मुसामा गरिएको परिक्षणमा पनि यसले अति तनाबको कारण हुने रोग प्रतिरोधी क्षमतामा ह्रासलाई रोकेको देखियो |

उच्च रक्तचापलाई सन्तुलनमा राख्दछ

क्लोरेला उच्च रक्तचाप र कोलेस्टेरोल सम्बन्धि स्वास्थ्य समस्यामा बढी  प्रभाबकारी देखियो | रक्तचाप सामान्य देखि उच्च रहेका ८० जना व्यक्तिहरुमा गरिएको परिक्षणमा १२ हप्तासम्म GABA-rich क्लोरेलाको सेवनले उच्च रक्तचापमा स्पष्ट कमी  देखियो |

कोलेस्टेरोललाई घटाउछ

दिनहु क्लोरेलाको सेवनबाट उच्च रक्तचाप भएका र उच्च  कोलेस्टेरोल देखिएका व्यक्तिहरुमा हानिकारक LDL कोलेस्टेरोल र triglyceride मा ह्रास भएको पाइयो , जुन यसमा अधिक मात्रामा पाइने niacin, fiber , carotenoid र antioxidant  को कारण मानिन्छ |

रगतमा चिनीको मात्रालाई घटाउछ

क्लोरेलाले यकृत र माशपेसीलाई बढी चिनी अवशोषण गर्न मदत गर्दछ , जसले रगतमा चिनीको मात्रलाई घटाउछ | मुसामा गरिएको परिक्षणमा क्लोरेला  (Chlorella pyrenoidosa) को प्रयोगले  insulin sensitivity मा वृद्धि र insulin resistance मा कमी देखियो र  इन्सुलिनको ग्लुकोज घटाउने प्रभावलाई बढाएको पाइयो | साथै  ७० जना नन-अल्कोहलिक fatty liver भएका व्यक्तिहरुमा गरिएको परिक्षणमा ८ हप्तासम्मको क्लोरेलाको सेवनले रगतमा चिनीको मात्रामा ह्रास देखियो |

विविध  antioxidant हरुले परिपूर्ण र  बलियो रोग प्रतिरोधी क्षमता

३८ जना चुरोटखाने व्यक्तिहरुमा गरिएको परिक्षणमा ६ हप्तासम्म क्लोरेलाको सेवनले उनीहरुको रगतमा  malondialdehyde  को मात्रामा ह्रास देखियो, जुन oxidative stress घट्नु को संकेतको रुपमा लिइन्छ र उनीहरुको रगतमा यी ७ प्रकारका antioxidants पनि बढेको पाइयो , जुन यसप्रकार छन् : भिटामिन सी , भिटामिन ई , glutathione (GSH) , Superoxide dismutase activity (SOD),Glutathione peroxidase activity (GPx), Catalase activity (CAT) र total antioxidant status.

५२ जना चुरोटखाने व्यक्तिहरुमा ६ महिना सम्म गरिएको अर्को परिक्षणमा क्लोरेलाको सेवनले उनीहरुको रगतमा वितामिन ई र सी जस्ता Antioxidants बढेको पाइयो |

अक्सिजनको उच्च-अवशोषण गरि मासपेशिको क्षमतामा वृद्धि गर्दछ

अध्ययनको अनुसार ४ हप्ता सम्म ६ ग्राम क्लोरेलाको सेवनले शारीरिक ब्यायामकर्तामा अक्सिजन अवशोषण गर्ने क्षमतामा वृद्धि गरी  मशापेसीको शक्ति र क्षमता बढाएको पाइयो  | अर्थात् , Chlorella को निरन्तर सेवनले मशापेशीको अक्सिजन शोधन गर्ने क्षमतामा वृद्धि भई  शरीरमा शक्ति र स्फूर्ति बढछ  | यसको सेवनले लामो अबधि सम्म शारीरिक परिश्रमको बावजुद थकावटको अनुभूतिमा कमी आउछ |

यसले शरीरलाई  बिषालु तत्व र हानिकारक धातुहरु बाट मुक्त गर्दछ

क्लोरेला मानबिय शरीरको यकृत , मष्तिस्क र मृगौलामा जम्मा भएका पारो , क्याडमियम र सिसा जस्ता हानिकारक धातुहरु र dioxin र अन्य बिषालु तत्वहरुको निष्काशन गर्ने क्षमताको लागी चिनिन्छ | मुसामा गरिएको परिक्षणमा क्लोरेलाले dioxin जस्तो क्यान्सरकारक तत्वलाई पाचनप्रणालीमा अवशोषण हुन नदिई दिशाबाट निष्काशन गरेको पाइयो |

सुत्केरी अबस्थामा स्वास्थ्य सम्बन्धि समस्या आउन दिदैन

क्लोरेला preeclampsia जस्तो सुत्केरी अबस्थामा देखिने डरलाग्दो समस्यालाई घटाउन मदत गर्दछ | 2010 मा “ PLANT FOODS FOR HUMAN NUTRITION” नाम भएको जर्नलमा छापिएको रिपोर्ट अनुसार ७० जना सुत्केरी महिलाहरुमा दिनहु ६ ग्राम क्लोरेलाको प्रयोगले उनीहरुमा हेमोग्लोबिन उच्च देखियो ,शरीर सुन्निने, पेशाबमा प्रोटिन देखिने र सुत्केरीमा देखिने उच्च रक्तचापको घटनामा कमी  देखियो | यी सबै लक्षणले Preeclampsia को न्युन सम्भावनालाई संकेत गर्दछ |

मोबाइल र laptop को हानिकारक प्रकाशबाट बचाउदछ

क्लोरेला lutein र zeaxanthin जस्ता antioxidant हरुको मुख्य स्रोत मानिन्छ र यिनीहरुले मोबाइल र laptop बाट आउने  निलो प्रकाशको हानिकारक प्रभावलाई न्यून गर्दछ र macular degeneration को समस्यालाई घटाउछ |

स्वस्थ Gut Microbiome  र   रोग बिरुद्ध लडने क्षमतामा वृद्धि

हाम्रो आन्द्रामा   हाम्रो शरीरको सबैभन्दा बढी रोग प्रतिरोधी कोषहरु पाइन्छ , र  बलियो प्रतिरोधी क्षमता र आन्द्रामा पाइने gut microbiome को सिधा सम्बन्ध हुन्छ |  क्लोरेला polysaccharides र oligosaccharides जस्ता prebiotics  को मुख्य स्रोत मानिन्छ , जसले आन्द्रामा रहने लाभदायक Gut Microbiome लाई पोषित गरि हाम्रो रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ |