
हाईलाइटहरु :
- यो स्वस्थ, शक्तिबर्द्धक र स्वादिष्ट BIOLEY’s Instant Premix Spirulina Cereal , chia seeds, oatmilk, ginkgo, yam जस्ता २४ प्रकारका स्वास्थ्यबर्धक बनस्पतिहरुको समिश्रणबाट तयार गरिएको हो , र यो पोषणयुक्त पेय , फाइबर, antioxidants, अत्याबश्यक प्रोटिन, भिटामिन, मिनरल र अन्य अनेक आवश्यक पोषणले भरिपुर्ण छ |
- यो पोषणयुक्त पेय कोलेस्टेरोल रहित छ ,र अनेक पोषण तत्वहरुको कारण यो उच्च रक्तचाप, उच्च कोलेस्टेरोल , मधुमेह र अनेक रोगको लागी अत्यन्त लाभदायक छ | यसको निरन्तर सेवनले शरीरको हरेक अंग र प्रणालीहरुलाई आवश्यक पोषणहरुको परिपूर्ति भै सम्पूर्ण शरीरलाई स्वस्थ र बलियो बनाउछ, र रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ |
- यो व्यस्त कम्पनी बोसहरु , कर्मचारी, बिद्यार्थी, यात्री , dieter, सुत्केरी , बच्चा, युवा , बृद्ध र जो कोही जसलाई तुरुन्तै सजिलो र शक्तिबर्धक आहारको आवश्यक हुन्छ , उनीहरुको सही रोजाई हो |
- तयार गर्न सजिलोको कारण कही कतै पनि यसको मज्जा लिन सकिन्छ | मात्र तातो तातो पानी अथवा दुध मिलाउनुस र यसको स्वादको मज्जा लिदै पिउनुस |
- यसको मज्जा कहीँ पनि लिनु सक्नु हुन्छ ; घरमा , स्कुल- कलेजमा, काममा अथवा कहीँ पनि
Satis – 5 स्वस्थ शरीर र बलियो रोग प्रतिरोध क्षमताको निम्ति अत्याबश्यक पोषणतत्वहरुको सर्बश्रेष्ठ समिस्त्रण हो | यसले मानवीय शरीरका सम्पूर्ण महत्वपूर्ण अंगहरु र प्रणालीहरुलाई पोषित गरि बलिस्त र शक्तिशाली बनाउछ | यो मानवीय शरीरलाई आबश्यक पोषणतत्व सम्बन्धि बिज्ञ डाक्टर र विशेषज्ञहरुको एकीकृत प्रयास को देन हो | यस पोषण सुत्रले यसको प्रयोग गरेको केहि अवधि भित्रै मानवीय शरीरलाई यसको प्राकृतिक स्वस्थ अवस्थामा पुर्याउदछ , फलस्वरूप शरीरको रोगप्रतिरोध क्षमतालाई सर्बोपरी वृद्धि र विकास गरि बाह्य हानिकारक जीवाणु , बाक्टेरिया र भाइरसबाट बचाउदछ |
सामान्यत: प्रयोगशालामा बनाइएका पौष्टिकतत्वहरु मानवीय शरीरले पुर्णरुपमा अवशोषित गर्न सक्दैन , त्यसैले यस सुत्रमा औषधीय गुण भएका र अत्याबश्यक पोषणतत्व भएका सामान्य देखि दुर्लव प्रजातिका बनस्पतिहरुको प्रयोग गरिएको छ , जसले यसलाई सर्बोपरी स्वास्थ्यको लागि सर्बश्रेष्ठ प्राकृतिक बिकल्प बनाउदछ | यसमा समाबेस गरिएका विभिन्न जातका बनस्पतिहरुका औषधीय गुणहरु वैज्ञानिक धरातलमा स्थापित छन् र यिनीहरुका प्रयोग बिबिध असाध्य र सामान्य रोगहरुको उपचारको लागी पुरातनकाल देखि प्रयोग हुदै आएको पाउछौ | अर्थात: SATIS-5 सर्बोपरि सुस्वस्थ र बलियो रोगप्रतिरोध क्षमताको लागी प्रयोग गर्न सकिन्छ र यो बालक देखि बृद्ध सम्मका लागी उत्तिकै उपयोगी प्रमाणित मानिन्छ |
Satis-5 Multigrain मा अनेक जातिका बनस्पतिहरुको मिश्रणको अनुपात निर्धारण मानबिय शरीरमा यिनीहरुमा पाइने पोषणतत्वहरुको आबश्यकतालाई आधार मानेर गरिएको छ र यसको दैनिक उपभोग बाट हरेक दिन हाम्रो शरीरलाई आवश्यक हुने विभिन्न पोषणतत्वहरु , भिटामिन र मिनरलहरुको परिपूर्ति गर्दछ | यसमा omega-3 fatty acid, विभिन्न प्रकारका antioxidant हरु , dietary fiber हरु प्रशस्त पाइन्छ | यसले हाम्रो शरीरलाई चाहिने अत्याबश्यक प्रोटिन , (organic elemental iron /Bio iron) जैविक फलाम , म्याग्नेसियम , वितामिन ‘बी’ र अन्य पोषक तत्वहरुको को आबश्यकतालाई परिपूर्ति गर्न सक्छ |
Satis-5 Multigrain का फाइदाहरु
Satis -5 मा मिलाईएका बनस्पतिहरुका औषधीय गुणहरुको समष्टिगत रुप नै satis-5 को गुण हो | Satis-5 Multigrain को केहि अबधि भरीको निरन्तर सेवनबाट हाम्रो शरीरको विभिन्न महत्वपूर्ण अंगहरुको स्वास्थ्य र कार्य क्षमतामा वृद्धि हुन्छ , जसले अन्ततः सम्पूर्ण शरीरको रोग प्रतिरोध क्षमतालाई वृद्धि गरि हाम्रो शरीरलाई रक्षा गर्दछ | Satis -5 Multigrain को उपभोगबाट हुने अनेक फाइदाहरु मध्ये केहि बिशेषताहरुको बारेमा जानकारी तल उपलब्ध छन् |
स्वस्थ मुटु र धमनीको लागी
- हानिकारक कोलेस्टेरोललाई घटाउछ
- रक्तचापलाई नियन्त्रणमा राख्छ
- हृदयघात र मस्तिष्कघात बाट रक्षा

Satis -5 Multigrain मा धेरै प्रकारका औषधीय गुण भएका बनस्पतिहरुलाई समाबेश गरिएको छ , जसले हाम्रो मुटु , मस्तिष्क र धमनीहरुलाई स्वस्थ राख्दछ | Ginkgo biloba, त्यस मध्यको एक महत्वपूर्ण बनस्पति हो , जुन अमेरिकामा पाँचौ सबैभन्दा बढी प्रयोग हुन्छ र चिन र अन्य बाकी दुनियामा सबैभन्दा बढी प्रयोगमा आउने बनस्पति मध्ये एक हो , जुन शरीर , मस्तिष्क र धमनीको स्वास्थ्य वृद्धिको लागी प्रभावकारी मानिन्छ | सम्पूर्ण शरीरमा रगत र अक्सीजनको संचारमा वृद्धि गर्न सक्ने क्षमता हुनु , यसको महत्वपूर्ण पक्ष हो | ginkgo मा पाइने एक मुख्य तत्व terpene ginkgolide B मा Platelet Activating Factor[PAF] को उच्च सक्रियता लाई घटाई रगतलाई बढी बाक्लो हुन् बाट रोक्दछ , अन्यथा यसबाट मस्तिष्कमा रगत र अक्सिजनको प्रवाहमा बाधा हुन गई मस्तिष्क र स्नायुकोषलाई क्षति पुग्न सक्छ | PAF को बढी सक्रियताले Platelet को जमावतमा वृद्धि भई मसिना धमनीहरुमा रगत जम्न थाल्छ [Thrombosis] जुन हृदयघात , मस्तिष्कघातको कारण बन्न सक्छ | अन्वेषणमा प्राप्त जानकारी अनुसार ginkgo मा पाइने Flavones glucosides नामको एक बिशेष प्रकारको flavonoid र antioxidant,ले पोषण तत्वहरुको कमी र बढी उमेरको कारण हुने रक्त धमनीहरुमा हुने क्षतिबाट रक्षा र उपचार गर्दछ |
Yam, यस Satis -5 Multigrain मा पाइने अर्को महत्वपूर्ण औषधीय गुण भएको बनस्पति हो , जसमा अधिक मात्रामा polyphenol पाइन्छ | DNA र कोषहरुलाई क्षति पुराउन सक्ने हानिकारक free radical लाई नष्ट गरि यसले मुटु र रक्तधमनी सम्बन्धित रोगहरुबाट रक्षा गर्दछ | सामान्य र कम कोलेस्टेरोलको मात्रको कारण पनि हृदयघात हुने ब्यक्तिहरुमा , एक प्रकारको तत्व Homocysteine अत्यधिक मात्रामा पाइन्छ , र यसलाई हृदयघात र मस्तिष्कघातको कारक मानिन्छ | Yam मा अधिक मात्रामा पाइने भिटामिन B6 मा homocysteine लाई नष्ट गरि हृदयरोग बाट रक्षा गर्ने क्षमता हुन्छ | यसको साथ साथै Yam मा मग्नेसियम र पोटासियम अधिक मात्रामा पाइन्छ | यिनीहरुले पनि रक्त धमनीलाई स्वस्थ राखी उच्च रक्तचापलाई नियन्त्रण गर्न मदत गर्दछ |
Satis – 5 Multigrain औषधीय गुण भएका धेरै प्रकारका बनस्पतिहरुको सर्बश्रेष्ठ मिश्रण हो , र यी मध्ये Job’s tears, Ophiopogon japonicas, Gorgon, lotus seeds, pine nuts, pinto beans, oatmilk र soy lecithin जस्ता बनास्पतिहरु कोलेस्टेरोललाई घटाउने , उच्च रक्तचापलाई सामान्य राख्ने र मुटु र धमनीको स्वास्थ्यलाई वृद्धि गर्न मा प्रभावकारी मानिन्छ | Satis-5 Multigrain मा मिस्रित अरु मुख्य बनस्पतिहरु मध्ये omega-3 fatty acid र अरु अनेक antioxidant हरुले भरिपूर्ण Chia Seeds, र Goji berries [ 2011 issue of the Journal “ Molecules”] र pine nuts ( जुन pinolenic acid तत्वको कारण ) ले कोलेस्टेरोलको उच्च मात्रालाई घटाई मुटु र धमनीको रोगबाट रक्षा गर्दछ | यिनीहरुले धमनीमा cholesterol/ plaque को जम्मा हुने र धमनीको कडापन बढ्दै जाने प्रक्रियालाई रोक्दछ , र हृदयघात र मस्तिष्कघातको सम्भावनालाई पन्छाउछ | Pine nuts मा पाइने Oleic acid ले यकृतबाट Triglycerides जस्तो घातक तत्वलाई निष्कासन गर्न मदत गर्दछ | अर्को अध्ययन अनुसार ८ महिना सम्म उच्च कोलेस्टेरोल र उच्च fat भएको तर १० % सुकेको Seaweed मिलाएको खाना दिएको मुसाहरुमा कोलेस्टेरोलमा ४० % , हानिकारक कोलेस्टेरोलमा ३६ % र triglyceride मा ३१ % कमी देखियो | पोटासियमको उच्च मात्राको कारण Fox nuts को उपभोगबाट शरीरको अधिक नुनलाई निष्काशन हुन् गई उच्च रक्तचाप नियन्त्रणमा आउछ | Satis -5 Multigrain को केहि महिनाको निरन्तर उपभोगबाट यी अनेक औषधीय र चमत्कारिक गुण भएका बनस्पतिका सम्पूर्ण फाइदाहरु हाम्रो शरीरले प्राप्त गर्दछ र यसले हाम्रो शरीरको सबै महत्वपूर्ण अंगहरुलाई स्वस्थ र बलिस्त बनाइ अनेक रोगहरु बाट रक्षा गर्दछ |
मस्तिष्कको सुरक्षा र यसको कार्य क्षमतामा वृद्धि
अनेक अध्ययनबाट प्राप्त जानकारी अनुसार Satis -5 Multigrain मा समाबेश गरिएको Ginkgo biloba मा मस्तिष्कको सामान्य कार्य क्षमतालाई वृद्धि गर्ने क्षमता हुन्छ , र यसले Alzeimer’s disease, dementia, cerebrovascular insufficiency र depression जस्ता बढदो उमेर अनुसार मस्तिष्ककमा आउने समस्याहरुबाट सुरक्षा गर्नुको साथै निवारण गर्न पनि मदत गर्दछ | Poria mushroom , Satis-5 Multigrain मा पाइने अर्को महत्वपूर्ण प्रजातिको बनस्पति हो ,जुन मस्तिष्कमा रगत र अक्सिजनको प्रवाहलाई वृद्धि गर्दछ | यसलाई चिनमा स्मृति क्षति , Alzheimer’s disease र थकावटको उपचारको लागी प्रयोग गरिन्छ |

जर्मनीमा Cerebral Insufficiency नामको रोगको उपचारको लागी ginkgo biloba लाई मान्यता दिएको छ | यस रोगमा बृद्ध अबस्थामा मस्तिष्कमा रगतको प्रवाहमा अबरोधको कारण देखा पर्ने १२ वटा लक्षणलाई समाबेश गरिएको छ , जसमा – अनुपस्थित दिमाग – चिन्ता – भ्रम – शारीरिक कार्यक्षमतामा ह्रास – निराशा – रिंगटा लाग्नु – थकावट – शक्ति-हिनता – एकाग्रतामा ह्रास – स्मृतिमा ह्रास – कानमा आवाज गुन्जिने छन् | अध्ययन अनुसार Ginkogo को मात्र ६ हप्ताको सेवनले बृद्ध व्यक्तिहरुमा यो रोगको ११ वटा लक्षणहरुमा अप्रत्याशित सुधार देखापर्यो |
Satis-5 Multigrain को महत्वपूर्ण मिश्रण Yam मा पाइने diosgenin नामको तत्व मस्तिष्कको स्नायुको र सम्पूर्ण मस्तिष्कको स्वास्थ्यको वृद्धिकारकको रुपमा चिनिन्छ | अध्ययनबाट प्राप्त जानकारी अनुसार Yam को सेवनले मस्तिष्कको कार्यक्षमतामा र स्मृति क्षमतामा वृद्धि गराउछ | यस्तै प्रकारले , अर्को बनस्पति Goji berry ले स्वस्थ मानसिकता र सोचको विकास गर्दछ | यसले चिन्ता र तनाबबाट मुक्ति दिन्छ, थकावटको अनुभव हुन् दिदैन र शक्ति र स्फूर्तिलाई बढाउछ | यस बाहेक अन्य बनस्पति घटकहरुको अनेक फाइदाहरु छन् , जसलाई Satis -5 Multigrain को सेवनबाट प्राप्त गरि हामी आफ्नो मस्तिष्कको कार्य क्षमताको वृद्धिलाई कायम राख्न सक्छौ र मस्तिष्क सम्बन्धि अनेक रोगहरु बाट बच्न सक्छौ |
मधुमेह रोगको लागि लाभदायक

Satis -5 Multigrain मा मिस्रित धेरै जातका बनस्पतिहरु मधुमेह रोगको ब्यबस्थापन र रगतमा चिनीको मात्रलाई नियन्त्रण गर्न मदत गर्दछ | यस स्वास्थ्य सूत्रको एउटा महत्वपूर्ण बनस्पति Yam मा diosgenin नामको एउटा बिशेष तत्व पाइन्छ , जसले मधुमेह रोगलाई सुधार गर्न मदत गर्दछ , साथै रगतमा चिनीको मात्रालाई घटाउछ (hypoglycemic ) र antioxidant को प्रभाव पनि देखाउछ | यसले pancreas को beta-cell लाई सक्रिय गरी रगतमा इन्सुलिन र ग्लुकोजको मात्रालाई नियन्त्रण गर्दछ | यसको अघुलनशिल फाइबरले इन्सुलिन संबेदनशिलातालाई वृद्धि गरि मधुमेह रोगको ब्यबस्थापन गर्न मदत गर्दछ | Satis-5 Multigrain को अर्को घटक Ophiopogon ले starch को पाचनलाई घटाइ मधुमेह रोगमा मदत गर्दछ |
मधुमेह रोगीहरुमा cataract र glaucoma जस्ता आँखा सम्बन्धि रोग देखिनु सामान्य कुरा हो, तर retinopathy लाई मधुमेह रोगीको सबैभन्दा ठुलो आँखा सम्बन्धि समस्याको रुपमा लिइन्छ , जसले अमेरिकाका आधा मधुमेह रोगीलाई प्रभाव परेको तत्थ्यले देखाउछ , र समयमा उपचार नभएमा निश्चित अन्धा हुने यसको डरलाग्दो पक्ष हो | अनेक प्रयोग र अध्ययनले देखाए अनुसार gingko को सेवनले आँखाको दृष्टि सम्बन्धि यस्ता अनेक समस्याहरुको निवारण हुन्छ | यस बाहेक Satis- Multigrain मा मिस्रित goji berries, ophiopogon, soy proteins, pine nuts, oat milk , pinto beans, fox nuts र red beans ले पनि समुहमा मधुमेह रोगको ब्यबस्थापनमा सहयोग गर्दछ | २०१५ मा गरिएको अध्ययनमा goji berries मा रगतमा इन्सुलिन र ग्लुकोजलाई सन्तुलनमा राख्न सक्ने क्षमता देखिएको थियो | त्यस्तै poria mushroom ले यकृत, जसले रगतको उत्पादन र संचय गर्दछ, यसको स्वास्थ्यलाई वृद्धि गरि रगतमा चिनीलाई नियन्त्रण गर्दछ , र यस कार्यमा यसमा पाइने triterpene नामक तत्वको भूमिका मानिन्छ | Satis-5 Multigrain को मुख्य घटक Chia seeds, यसमा अत्याधिक मात्रामा पाइने fiber को कारण अधिक चिनी भएको खाना खादा पनि , यसले रगतमा चिनीलाई घटाउछ र मधुमेह रोगलाई ब्यबस्थापनमा सहयोग गर्दछ |
रोग प्रतिरोध क्षमतामा वृद्धि

रोग प्रतिरोध क्षमता हाम्रो शरीरको सुरक्षा कवच हो , जुन हाम्रो शरीरको बिशेष कोष र तन्तुहरु , भित्रि अंगहरुको बाह्य हानिकारक जीवाणु बिरुद्ध प्रयोग गर्ने क्षमताले बनेको हुन्छ | Satis-5 Multigrain मा मिलाइएका केहि जातका बनस्पतिहरु रोग प्रतिरोध क्षमता वृद्धिकारक मानिन्छन | हाम्रो शरीरमा रहेका हानिकारक तत्वहरुको प्राकृतिक शोधन र निष्काशन प्रक्रियामा यकृत ( liver)को ठुलो भूमिका मानिन्छ र यसले मानबिय शरीरको रोग प्रतिरोध क्षमतामा महत्वपूर्ण स्थान ओगटेको हुन्छ | Satis-5 Multigrain मा पाइने Poria mushroom ले हाम्रो यकृतलाई स्वस्थ र बलियो बनाइ हाम्रो रोगसित लडने क्षमतालाई वृद्धि गर्दछ | Poria mushroom मा अधिक मात्रामा पाइने zinc र magnesium लाई पनि प्रतिरोध क्षमता वृद्धिकारक मानिन्छ |
Spleen अर्थात् फियोले , मानबिय शरीरको रोग प्रतिरोध क्षमतामा महत्वपुर्ण भूमिका खेल्दछ | जब यसले रगतमा दोषपूर्ण रक्तकणहरु थाहा पाउछ , यसले तुरुन्तै घुसपैठ वा हमला गर्ने जीवाणुहरु , ब्याक्टेरिया वा भाइरसलाई पत्ता लगाई रगतबाट छानी अलग गर्दछ | Satis-5 Multigrain मा रहेको fox nuts ले फियोबाट अनाबश्यक र हानिकारक कोषहरू सफा गरि यसको प्रतिरोधी क्षमतालाई सक्रिय राख्छ र Yam र lotus seeds ले फियोलाई पोषित गरि बलियो र सक्रिय राखी बाह्य जीवाणुहरु बिरुद्ध बलियो जैविक सुरक्षा कवच वा संयन्त्रलाई कायम राख्न मदत गर्दछ | यस्तै प्रकारले Oatmilk मा पाइने beta glucans हाम्रो स्वस्थ रहने संघर्षमा महत्वपुर्ण हतियार हो | यसले विशेषतः प्रतिरोधी क्षमताकारक microphage लाई सक्रिय बनाउदछ , जसले आक्रमणकारी जीवाणुलाई नष्ट गर्ने गर्दछ | यी microphage हरुले घातक lymphocyte हरुलाई सक्रिय गर्दछ , जसले हानीकारक जीवाणु र भाइरसलाई नष्ट गर्दछ |
Satis-5 Multigrain मा पाइने अधिकतम बनस्पतिहरुमा फाइबर बढी पाइन्छ , र यसले हाम्रो आन्द्रा र पाचनतन्त्रमा रहने लाभदायक जीवाणुहरुलाई पोषित गर्दछ | यी जीवाणुको वृद्धि र बिस्तारले हाम्रो शरीरको रोग प्रतिरोध क्षमतालाई निर्धारण गर्दछ | यस प्रकार Satis-5 Multigrain मा समाबेश गरिएका यी सबै जातका बनस्पतिहरुले हाम्रो शरीरका विभिन्न रोग प्रतिरोध क्षमताजनक कोष , तन्तुहरु र अंगहरुलाई सक्रिय गराई बाह्य हानिकारक जीवाणु , ब्याक्टेरिया , भाइरस बिरुद्ध बलियो सुरक्षा कवचको निर्माण गर्दछ |
स्वस्थ पाचन प्रणाली र आन्द्राको लाभदायक जीवाणुको

हाम्रो पाचन तन्त्र , विशेषतः आन्द्रा विभिन्न प्रकारका लाभदायक ब्याक्टेरिया हरुको बासस्थान हो , यिनीहरुलाई समुहगतरुपमा Gut bioflora अथवा Gut microbiota भनिन्छ | मानबिय शरीर र यी जीवाणुहरु बीच लाभप्रद आपसी सम्बन्ध हुन्छ | हाम्रो शरीरको ७० देखि ८० प्रतिशत रोग प्रतिरोधकारक कोषहरु मात्रा हाम्रो आन्द्रामा पाइन्छ , त्यसैले हाम्रो स्वास्थ्य र रोग प्रतिरोध क्षमतामा यिनीहरुको महत्व ठुलो छ |
Chia seeds, Pinto beans र Satis-5 Multigrain मा समाबेश गरिएका fiber बढी पाइने अरु सबै बनस्पतिहरुले यी लाभदायक जीवाणुलाई पोषित गरि हाम्रो शरीरलाई मजबुत राख्दछ | Seaweed र Poria mushroom मा पाइने फाइबर र polysaccharide को कारण यी जीवाणुको लागी राम्रो मानिन्छ | यस्तै प्रकारले Yam मा पाइने saponin नामको तत्वले | Satis-5 Multigrain को सेवनले हाम्रो पाचन तन्त्रमा रहेका यी जीवाणुहरुलाई पोषण प्रदान गर्दछ ,र अनेक रोग ब्याधिहरुबाट हाम्रो शरीरलाई रक्षा गरि हामीलाई स्वस्थ र मजबुत बनाउदछ |
यौबनता र सुन्दरता वृद्धिकारक

आधुनिक अस्वस्थ खानपिनशैलीको कारण मानिसको उमेर बढने प्रक्रियालाई तिब्रता दिएको छ , र मानिसहरु समयपुर्ब नै उमेर भन्दा बढी उमेरको देखिन थालेका छन् | तर Satis-5 Multigrain मा समाबेश गरिएका स्वस्थबर्धक तत्वहरु अनुहारको छालाको यौबनता र सुन्दरता वृद्धिकारक मानिन्छ , र यसको सेवनले मानिसको उमेर बढने गतिलाई घटाउन मदत गर्दछ |
Chia seeds , Satis-5 Multigrain मा मिस्रित मुख्य घटक हो , र यसमा बढी पाइने zinc र magnesium दुवै यौबनता वृद्धिकारक मानिन्छ | zinc ले अनुहारको छालालाई कसिलो र कोमल राख्दछ ,भने magnesium ले छालामा रक्तप्रबाहमा वृद्धि गरि अनुहारलाई उज्यालो र सुन्दर राख्न मदत गर्दछ | Chia seeds मा अत्यधिक मात्रामा पाइने omega-3 fatty acid मा antioxidant को गुण हुन्छ , र यसले छालामा wrinkle बढाउने free radical लाई नष्ट गर्दछ , छालामा collagen नामको तत्वलाई वृद्धि गरि अनुहारको छालाको च्याउरीपनलाई घटाउछ | यसै प्रकारले यसमा पाइने tocopherol अर्थात् वितामिन E ले अनुहारको छालामा moisture अर्थात् आद्रता कायम राखी अनुहारमा मसिना धारी र च्याउरीपन लाई घटाउछ |
Satis-5 Multigrain को अर्को घटक goji berries मा अनुहारको छालाको उमेर घटाउने beta-carotene नामको तत्व अधिक मात्रामा पाइन्छ , साथै यसमा उमेर घटाउने S-ORAC नामको Antioxidant पनि प्रशस्त पाइन्छ | “ Cellular and Molecular Neurobiology” नामको journalमा छापिएको लेखमा goji berries को यौबनता वृद्धिकारक क्षमतालाई पुष्टि गरिएको छ | Gorgon नामको बनस्पतिले यसमा पाइने flavonoid को कारण र अरु शक्तिशाली antioxidant को कारण उमेर घटाउन मदत गर्दछ , समयापुर्ब कपाल सेतो हुन दिदैन र अनुहारको छालालाई छिट्टो च्याउरीन दिदैन |
Satis-5 Multigrain को सेवनले हाम्रो शरीरको अनेक समस्याको निवारण त गर्छ नै , साथमा हाम्रो शरीरमा शक्ति र स्फूर्ति बढाउने र हाम्रो यौबनता र सुन्दरता लाई पनि वृद्धि गर्न मदत गर्दछ |
प्रजनन क्षमता र यौन क्षमता वृद्धिकारक

Satis-5 Multigrain मा मिस्रित घटक Gorgon कामोत्तेजक (aphrodisiac) मानिन्छ र यसले महिला र पुरुष दुबैमा यौन इच्छा बढाउछ | यसले विर्यको गुणबत्तामा वृद्धि गर्दछ , शुक्रानु संख्या बढाउछ र पुरुस बाझोपनको समस्यालाई सुल्झाउन मदत गर्दछ | अध्ययनले Yam ले पनि प्रजनन क्षमतामा वृद्धि गरेको देखिएको छ | चिनमा goji berries लाई कामोत्तेजनाको लागी र सफल संसर्ग प्रक्रियाको लागी प्रयोग गरिन्छ | ginkgo biloba ले लिंगमा रक्त प्रबाहमा वृद्धि गरि Erectile Dysfunction जस्तो रोगको निवारण गर्दछ , र साथै यसले कामशक्तिलाई वृद्धि गर्दछ |
बलियो हाड र मासपेशी

Satis-5 Multigrain मा पाइने केहि जातिका बनस्पतिहरु हाडको स्वास्थ्य वृद्धि र osteoporosis जस्तो हाड खिइने रोगको लागी लाभदायक मानिन्छ | Satis-5 Multigrain मा मिस्रित seaweed calcium , हाडलाई बलियो बनाउन प्रभावकारी हुन्छ | Seaweed calcium मा क्याल्सियमको मात्रा अधिक हुने मात्र नभई , यसले शरीरलाई अत्याबस्यक mineral हरु जस्तै म्याग्नेसियम , फलाम, iodine र अन्य mineral हरु पनि उपलब्ध गराउछ , जुन हाडनिर्माण प्रक्रियामा आवश्यक हुन्छ , अर्थात् यो मानबिय शरीर अनुकुल क्याल्सियम (body-friendly form of calcium) हो | चुनढुंगा बाट बनाइएको परम्परागत calcium supplement , जुन मात्रा ४५ % ,शरीरले अबशोसित गर्न सक्दछ , यस भन्दा फरक , seaweed calcium बनस्पति बाट प्राप्त हुन्छ र ७० देखि १०० प्रतिशत शरीरले अबशोसित गर्न सक्छ | यसको महत्वपुर्ण पक्ष भनेको यसको सेवनले हाड खिइने प्रक्रिया रोकिने मात्रा नभई , यसले नयाँ हाडको निर्माण पनि गर्दछ |
यस्तै प्रकारले Satis -5 Multigrain को wolfberries र Job’s tear पनि हाड खिइने रोग (osteoporosis) र बाथ रोगमा लाभदायक मानिन्छ | Chia seeds र oatmilk मा क्याल्सियम , म्याग्नेसियम, पोटासियम र zinc जस्ता हाड बलियो बनाउने mineral हरु अधिक पाइन्छ | अध्ययनबाट प्राप्त जानकारी अनुसार pine nuts मा पाइने भिटामिन K हड्डी खिइने रोगमा लाभदायक मानिन्छ र यसले हड्डी चर्किने र भाचिने समस्यालाई घटाउछ |
स्वस्थ आँखा

चिनमा wolfberries लाई आँखाको क्षमता वृद्धिको लागी प्रयोग गरिन्छ | २०११ सालमा “ Experimental Biology and Medicine” मा छापिएको रिपोर्ट अनुसार goji berries मा मधुमेह रोगको कारण आँखाको दृष्टिमा आएको क्षतिलाई निवारण गर्ने गर्दछ ,जुन यसमा पाइने zeaxanthin र नामक तत्वहरुको कारण मानिन्छ | pine nuts ले पनि आँखाको दृष्टिलाई बढाउने र glaucoma र age-related macular degeneration [AMD] जस्ता आँखा सम्बन्धि रोगबाट बचाउछ |
स्वस्थ यकृत

यकृतमा बढी बोसो जम्मा भएर लाग्ने Non-alcoholic fatty liver disease [NAFLD] नामक रोग यकृत सम्बन्धि सबैभन्दा बढी लाई लाग्ने रोग हो , र Satis-5 Multigrain मा पाइने Poria mushroom यो रोगको उपचारमा उपयोगी मानिन्छ | Goji berries ले हानिकारक तत्व र free radical को दुष्प्रभावबाट यकृत लाई रक्षा गर्दछ |
क्यान्सर रोगबाट रक्षा

अध्ययन बाट प्राप्त जानकारी अनुसार poria mushroom र goji berries मा केहि प्रकारको क्यान्सर र ट्युमरलाई रोक्न सक्ने तत्वहरु पाइन्छन | Yam मा पाइने diosgenin ले क्यान्सर कोष र तन्तुहरुलाई नष्ट गर्न सक्छ र Job’s tears मा पनि क्यान्सर बिरोधि बिशेषता हुन्छ | यी सबै घटक हरु Satis-5 Multigrain मा पाइन्छ |
Satis-5 Multigrain मा मिस्त्रित Ingredients का फाइदाहरु
Gingko biloba का फाइदाहरु
- शक्तिशाली antioxidant
- हृदयघात बाट बचाउदछ
- क्यान्सर रोगको बृद्दिलाई रोक्दछ
- Erectile dysfunction जस्ता पुरुष यौनजन्य रोगमा सुधार ल्याउदछ
- मष्तिस्कमा अक्सिजन र glucose को supply र absorption मा वृद्धि गर्दछ

Yam का फाइदाहरु
- मधुमेहरोगलाई नियन्त्रण गर्न मदत गर्दछ
- क्यान्सर रोगमा लाभ
- रक्तचाप लाई नियन्त्रण गर्दछ
- कोलेस्टेरोल लाई घटाउछ
- मुटुजन्य रोगको खतरालाई न्यूनीकरण गर्दछ
- प्रजनन क्षमतामा बृद्दि गर्दछ
- यसमा पाइने Anthocyanin ले स्मरण क्षमतामा बृद्दि गर्दछ

Poria Mushroom का फाइदाहरु
- ग्यास्ट्रिक क्यान्सर , breast cancer, liver cancer र रक्त क्यान्सरमा लाभदायक
- रोग प्रतिरोध क्षमता बृद्दि
- मष्तिस्कमा रगतको प्रवाहमा वृद्धि गर्दछ , त्यसैले स्मरण क्षमतामा ह्रास, Alzheimer’s diseases र निद्राको समस्याको निवारणमा प्रयोग हुन्छ
- रगतमा चिनीको मात्रलाई घटाउछ
- आन्द्राको लाभदायक बेक्टेरियालाई बृद्दि गर्दछ
- मृगौलालाई स्वस्थ र सक्रिय राख्दछ

Ophiopogon japonicas का फाइदाहरु
- मधुमेह रोगको लागि लाभदायक
- रक्तचाप लाई घटाउछ
- क्यान्सर रोगको लागी लाभदायक
- अनिन्द्रा , सुख्खा खोकी र ज्वोरोको लागि लाभदायक
टाईफाईडको उपचारमा प्रयोग

Lotus seeds का फाइदाहरु
- Metabolism प्रक्रियालाई बढाउछ
- रोग प्रतिरोध क्षमताको बृद्दि
- Anti-inflammatory
- क्यान्सर रोगको लागि लाभदायक cancer
- पाचनक्षमतालाई बढाउछ
- मुटुको स्वास्थ्यलाई बृद्दि गर्दछ
- यौबनताको बृद्दि

Gorgon / Fox nuts का फाइदाहरु
- मृगौलाको समस्यालाई निवारण गर्दछ
- रगतमा चिनीको मात्रलाई सामान्य राख्दछ
- Spleen लाई detox गर्दछ
- रक्तचापलाई सामान्य राख्दछ
- पुरुषमा बिर्यको quality र quantity मा सुधार गरि प्रजनन क्षमतामा बृद्दि गर्दछ

Buckwheat का फाइदाहरु
- यसमा पाइने phytonutrient ‘rutin’ ले रक्तचापलाई सामान्य राख्न मदत गर्दछ , नराम्रो कोलेस्टेरोललाई घटाउछ र मुटुलाई स्वस्थ राख्दछ
- रगतमा चिनीको मात्रलाई बढ्न दिदैन र मधुमेहलाई नियन्त्रण गर्न मदत गर्दछ
- यसमा पाइने Antioxidants ले free radical बाट हुने क्षतिबाट बचाउदछ

Wolfberry (Goji berries) का फाइदाहरु
- Zeaxanthin को कारण उमेरको कारण हुने दृष्टि कमजोरी बाट रक्षा गर्दछ
- रोग प्रतिरोध क्षमतामा वृद्धि
- क्यान्सर रोगमा लाभदायक
- स्वस्थ छालाको लागी
- रगतमा insulin and glucose levels लाई नियन्त्रणमा राख्छ
- HDL cholesterol level लाई वृद्धि गर्दछ

Soy protein का फाइदाहरु
- LDL cholesterol level लाई घटाउछ र मुटुको रक्षा गर्दछ
- Colon cancer र prostrate cancer बाट रक्षा गर्दछ
- रगतमा चिनीको मात्रलाई नियन्त्रणमा राख्दछ
- महिलामा Calcium लाई सन्तुलनमा राखी हड्डीलाई बनाउछ
- हड्डी खिइने रोगबाट रक्षा गर्दछ

Soy lecithin का फाइदाहरु
- कोलेस्टेरोललाई नियन्त्रणमा राख्दछ
- यसमा पाइने Choline ले यकृत, मासपेशी , नशा र मष्तिस्कको विकास र कार्यमा मदत गर्दछ
- रोग प्रतिरोध क्षमतामा वृद्धि
- हड्डी खिइने रोगबाट रक्षा गर्दछ
- रजोनिवृत्तिका लक्षण कम गर्छ

Oatmilk का फाइदाहरु
- यो महत्वपूर्ण पोषणले भरिएको हुन्छ
- कोलेस्टेरोल लाई घटाउछ
- रोग प्रतिरोध क्षमतामा वृद्धि
- Iron अधिक मात्रामा पाइन्छ र रक्तअल्पताको निवारण गर्दछ
- Soluble fiber को कारण रगतमा चिनीको मात्रलाई सन्तुलनमा राख्दछ
- हड्डीलाई बलियो राख्दछ

Chia seeds का फाइदाहरु
- मुटुको रोगबाट रक्षा गर्दछ
- मधुमेह रोगलाई नियन्त्रण र उपचार गर्दछ
- उच्च रक्तचाप लाई घटाउछ
- बाथ रोगमा लाभदायक
- लामो अबधिसम्म शक्ति र स्फूर्ति प्रदान गर्दछ
- आन्द्राको लाभदायक ब्याक्टेरियालाई पोषित गर्दछ
- हड्डी र दाँतलाई बलियो राख्दछ

Job’s tear का फाइदाहरु
- एलर्जीमा लाभदायक र रोग प्रतिरोध क्षमतामा वृद्धि
- कष्टकर मासिकधर्ममा राहत दिन्छ
- पाचनप्रक्रियामा फाइदा
- हड्डी खिइने रोगमा लाभदायक

Pine nut का फाइदाहरु
- Anti-ageing effect
- रोग प्रतिरोधी
- स्वस्थ नेत्रको लागी
- स्वस्थ हृदयको लागी
- नराम्रो कोलेस्तेरोललाई घटाउछ
- Iron प्रसस्त मात्रामा पाइन्छ

Pinto beans का फाइदाहरु
- मुटुको स्वास्थ्यको लागी लाभदयाक
- रगतमा चिनीको मात्रलाई नियन्त्रण गर्दछ
- रोग प्रतिरोधी
- स्मरण क्षमतामा वृद्धि
- Iron प्रसस्त मात्रामा पाइन्छ

Barley flakes का फाइदाहरु
- यसमा पाइने Tocols (phytochemical ) ले मुटु सम्बन्धि बाट रक्षा गर्दछ
- कोलेस्टेरोललाई घटाउन मदत गर्दछ
- यसमा पाइने Lignon (phytochemical) anti-tumour, antiviral र antibacterial मानिन्छ
- यसमा पाइने niacin र pyridoxine, मष्तिस्क र रोग प्रतिरोध क्षमताको लागी लाभदायक
- Manganese, selenium and phosphorus को राम्रो श्रोत

Mineralized seaweed calcium (CALCIFIED SEAWEED) का फाइदाहरु
- समुन्द्रको झाडीबाट प्राप्त क्याल्सियम उच्चकोटीको मानिन्छ
- यो iodine र tyrosine को मुख्य स्रोत हो र यसले Thyroid function मा मदत गर्दछ
- High in antioxidants like vitamin A,C , E, flavonoids and carotenoids
- यसमा पाइने Special sugar ( Sulphated polysaccharides ) ले gut microbiome लाई बढाउछ
- यसमा पाइने एक प्रकारको carbohydrate , fucans ले blood clotting हुन दिदैन
- LDL cholesterol र triglycerides लाई घटाउछ

Millet का फाइदाहरु
- उच्च रक्तचापलाई नियन्त्रणमा राख्दछ
- कोलेस्टेरोललाई घटाउछ
- मधुमेह रोगलाई नियन्त्रणमा राख्दछ
- आन्द्राको क्यान्सरको सम्भावनालाई घटाउछ
- महिनावारीमा हुने पिडाबाट राहत दिन्छ
- Antioxidants को राम्रो श्रोत
- Fiber प्रसस्त मात्रामा पाइन्छ

Red beans का फाइदाहरु
- Iron को राम्रो श्रोत
- मुटुसम्बन्धि रोगलाई घटाउछ Lowers Heart attack risks
- रगतमा चिनीको मात्रलाई सामान्य राख्दछ Normalizes Blood sugar
- क्यान्सरको सम्भावनालाई घटाउछ
- शक्तिदायक
- Antioxidants को राम्रो श्रोत
- Fiber प्रसस्त मात्रामा पाइन्छ

Black beans का फाइदाहरु
- पुरुषमा erectile dysfunction जस्ता रोगलाई घटाई प्रजनन क्षमता लाई वृद्धि गर्दछ
- रगतमा चिनीको मात्रलाई सामान्य राख्न मदत गर्दछ
- कोलेस्टेरोललाई घटाउछ र मुटुको रोग बाट बचाउदछ
- क्यान्सरको सम्भावनालाई घटाउदछ
- Fiber प्रसस्त मात्रामा पाइन्छ

Sesame seeds का फाइदाहरु
- रोग प्रतिरोधी
- मुटुको माशपेसीलाई बलिस्ट बनाउछ
- छाला र कपाललाई पोषित गर्दछ
- यसलाई bronchial asthma, pneumonia र dry cough को उपचारमा प्रयोग हुन्छ
- यसमा पाइने Sesamol मा anti-cancer क्षमता हुन्छ
- यसमा अधिक मात्रामा calcium पाइन्छ
- आँखाको क्षमतालाई वृद्धि गर्दछ

SATIS -5 लाई पाउडर दुधको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ |
केही बर्षयता अनेक गहन रिसर्च र अध्ययन पश्च्यात पाउडर दुधको मानवीय शरीरमा पर्ने हानिकारक प्रभावहरु वैज्ञानिक धरातलमा स्थापित भएका छन् र यसको विकल्पको रुपमा स्वास्थ्य बिशेषज्ञहरुले Satis-5 को SUPER HEALTH FORMULATION लाई अगाडी सारेका छन |
हामीहरु आफ्नो बालाककाल देखिनै पाउडर दुधलाई शरीरलाई आवश्यक भिटामिन , मिनेरल र अन्य पोषकतत्वहरुका विशेष स्रोतका रुपमा जाँदै बुझ्दै र सुन्दै आएका छौ | यस विचार र सन्देशमा हाम्रो समाजमा सर्बसाधारण मात्र होइन, डाक्टर र शिक्षित व्यक्तिहरुमा पनि समान सोच देख्दछौ | तर केहि बर्षयता नयाँ नयाँ अन्वेषण रिपोर्टहरु बाहिर आएका छन, जसले माथिका विचार र सोचमाथि प्रश्न चिन्ह लगाएका छन र हामीहरुलाई मुख्यतः पाउडर दुधको सन्देह रहित छवि र यसका गुण र फाइदामाथि पुनर्मूल्यांकन गर्न दबाब दिएको छ – ता कि , हामीलाई जानकारी होस् – पाउडर दुधको सेवन स्वस्थकर अथवा फाइदाजनक छ कि हानिकारक छ|
पाउडर दुधलाई किन हानिकारक श्रेणीमा राख्न थालिएको छ त ?
यदि तपाईहरुले google मा पाउडर दुधका हानिकारक गुणको बारेमा खोज गर्नु भएमा , तपाई अनेक नयाँ अन्वेषण रिपोर्टहरु पाउनुहुने छ , जसले ठुला ठुला पाउडर दुधका कम्पनीहरुका दावाहरुलाई आधा सत्य वा ठाडो झुठ मानी खण्डन गरेका छन् | अर्थात् हामी दुध र मुख्यतः पाउडर दुधको गुणहरुलाई र यसका हानिकारक पक्षहरुलाई राम्ररी निर्क्यौल गर्न कोशिश गर्ने छौ |
व्यवसायिकरुपमा पाउडर दुध बनाउने प्रक्रिया
पाउडर दुध बनाउने प्रक्रियाको पहिलो चरणमा pasteurized दुधलाई वाश्पिकृत गरिन्छ र संतृप्त दुध प्राप्त गरिन्छ | यस संतृप्त दुधलाई उच्च तापमा तताएको tank मा छर्किन्छ , जसको कारण यसमा रहेका बाकी पानी वाष्पित हुन्छ र दुध ठोस पाउडरको रुपमा प्राप्त हुन्छ |
पाउडर दुधमा सबैभन्दा हानिकारक कोलेस्टेरोल हुन्छ |
पाउडर दुध बनाउने प्रक्रियामा अत्यधिक तापको प्रयोगको कारण दुधमा पाइने कोलेस्टेरोल oxidation मा जान्छ र विशेषज्ञहरुका अनुसार यो oxidized cholesterol अर्थात् oxysterol सबैभन्दा बढी हानिकारक कोलेस्टेरोल मानिन्छ र यसलाई अनेक डरलाग्दा रोगहरु जस्तै मुटुजन्य रोगहरु , autoimmune diseases, आन्द्रा सम्बन्धि रोगहरु , पढाईमा कमजोरी र क्यान्सरका कारक मानिन्छ |
सबै ब्यबसायिक पाउडर दुधहरु यहि प्रक्रियाबाट बन्दछ र सबैमा oxysterol अत्यधिक मात्रामा पाइन्छ | यसले रक्तधमनी वरिपरी plaque जम्मा हुने प्रक्रियाको शुरुवात गर्दछ , जुन मुटुसम्बन्धि सबै जस्तो डरलाग्दो रोगहरु जस्तै हृदयघात र मस्तिष्कघातको निश्चित कारक बन्दछ |
यसको साथसाथै पाउडर दुधमा स्वादिलो र आकर्षक बनाउने चिनी , कृतिम स्वाद , कृतिम रंग र अन्य अप्राकृतिक तत्वहरुको मिसावट गरिन्छ जुन स्वास्थ्यको लागि हानिकारक मानिन्छ |
नयाँ रिसर्चले के भन्छ ?
नयाँ रिसर्च अनुसार मानव सहित अन्य स्तनघारी जीवलाई दुधको आबश्यकता बचपनको अघिल्लो केहि वर्षसम्म मात्र हुन्छ र त्यसै अनुसार उनीहरु genetically programmed हुन्छन | जब उनीहरु नयाँ खानलाई पचाउन सक्षम हुदै जान्छन , विस्तारै प्राकृतिक र जैविकरुपमा उनीहरुलाई दुधबाट बन्चित गर्न खोजिन्छ र यसै क्रममा आमाको शरीरमा दुध बन्ने प्रक्रिया बन्द हुदै जान्छ | बिस्तारै उनीहरुमा milk sugar(lactosen) लाई पचाउने gene ले आफ्नो काम बन्द गर्दै जान्छ | मानवमात्र यस्तो जीव हो जसले प्रकृतिले दुध छुटाएपछी पनि दुधलाई अरु स्रोतबाट पिउदै आएका छन | यसले के देखाउछ भने दुध पिउनु अप्राकृतिक हो |
यस सम्बन्धि विशेषज्ञका अनुसार दुध पिउनाले रोगबाट बचाउने भन्दा बढी स्वास्थ्य सम्बन्धि समस्या ल्याउने कुरा तथ्यले देखाउछ | दुधमा अत्यधिक मात्रामा पाइने fats ले Type-1 diabetes , मुटुसम्बन्धि रोग, हृदयघातको सम्भावनालाई बढाउछ | दुधमा पाइने growth hormone र estrogen जस्ता हर्मोनले महिलाको स्वस्थलाई प्रतिकुल असर पार्दछ र ovarian cyst र ovarian cancer को सम्भावनालाई पनि वृद्धि गर्दछ | गाइ-भैसीबाट दुधको व्यावसायिक रुपमा उत्पादन गर्न विभिन्न हार्मोनको प्रयोग हुने गर्दछ , जसले हाम्रो स्वास्थ्यलाई अझ बढी संकटमा पुर्याउदछ |
यस बाहेक केहि व्यक्तिमा दुधप्रति एलर्जी देखिन्छ जसमा वान्ता आउने , पखाला लाग्ने र दिशामा रगत देखिने जस्ता लक्षण देखा पर्दछ | कसैमा घाटी सुन्निने र श्वास फेर्न गाह्रो हुने गर्दछ , जुन घातक हुन् सक्दछ | lactose intolerance भएका व्यक्तिहरुमा दुध पिउनाले पेट फुल्ने, पेटमा बायु भरिने र पखाला पनि लाग्न सक्छ | दुध प्रोटिन (casein) प्रति अतिसंबेदनशिलता (casein sensitivity)भएका व्यक्तिहरुमा दुध पिउनाले पाचन प्रणालीमा र कहिले शरीरभरि नै inflammation हुन् सक्छ |
USA मा लोकप्रिय हुदै गएको New Food Trend
अहिले बढी भन्दा बढी अमिरिकीहरु दुध सम्बन्धि नयाँ तथ्य प्रति सचेत र उत्सुक छन् – बर्षेनी अधिकतम व्यक्तिहरु बनस्पति आधारित पोषणतर्फ अग्रसर छन | यो ट्रेन्ड बढने क्रममा छ र लोकप्रिय बन्दै गैरहेको छ | यहाँ जनावरको दुध र यसबाट बनेका पाउडर दुध लाई अस्विकार गर्दै oats, soy, coconut, pea र अन्य बनस्पतीय स्रोतबाट बनाइएका दुधको लोकप्रियता यति बढेको छ कि यिनीहरुको उपभोग २०१८ को १२ महिनाको अबधिमा मात्र ९ % ले बढेर US $ १.६ Billion पुगेको छ | Bevindustry.com को अनुसार २०२३ सम्ममा डेरी भएको छ |